Sunday, December 21, 2014

News from Nepal:आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको मार्चपासले सबैलाई तर्सायो

आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको मार्चपासले सबैलाई तर्सायो 

एकजातिको मात्र हालीमुहाली रहने गरि ल्याइएको काँग्रेस, एमालेको राज्य पूर्न संरचनाको प्रस्तावित खाकाको कारण एकजुट हुन पुगेका आदिवासी जनजाति तथा मधेसीहरुले आन्दोलन शुरु गरेका छन् ।

४ पौस २०७१ का दिन दिउसो १२ बजे माइतीघर मण्डलाबाट नयाँ बानेश्वरको संविधानसभा हल तर्फ हजारौको संख्याले मार्चपास गरेका छन् । सबै पार्टीका जनजाति नेता तथा कार्यकर्ताहरु सम्मिलित मार्चपासले सबैलाई झस्काई दिएको छ भने संसारभरका मुक्तिगामीहरुलाई उत्साह प्रदान गरेको छ ।

मार्चपासलाई श्रेद्धय मानवअधिकारवादी नेता पदमरत्न तुलाधरले सम्बोधन गर्नुहुदै संयमित भई जुझारुका साथ आन्दोलनमा सहभागि हुन आग्रह गर्नुभएको छ । वहाले संविधानसभा र देशविदेशलाई ध्यानआकृष्ट गराउनु भएको छ ।

जनजाति आदिवासी तथा मधेसीहरुको बेग्लाबेग्लै माग भएपनि लगभग मिल्दोजुल्दो १४ वा १० प्रदेशको मागमा रहेका छन् । ३ महत्वपूर्ण विषय निर्वाचन प्रणाली, संघीयता र न्याय प्रणाली मध्ये निर्वाचन प्रणालीको बारेमा भएको सहमति जनजातिहरुको हित विपरित भई सकेको छ । समानुपातिक निर्वाचन प्रणाली माग भएपनि मिश्रीत प्रणालीमा सहमत गरेका छन् । संघीयता काँग्रेस, एमालले ६ वा ७ वा ८ प्रदेशको कुरा हिजो विकास क्षेत्र भन्दा फरक नभएको र प्रभावकारीरुपबाट चल्नै नसक्ने प्रदेशको प्रस्ताव । अपनत्व बोध गर्ने समुदायहिन उक्त प्रदेसको प्रस्तावले एकजातिलाई मात्र समेट्ने देखिन्छ । न्यायप्रणालीको छिनोफानो हुन अझै बाँकी भएपनि अहिले नेपालभरको जेलहरुमा ८० प्रतिशत जनजाति, मधेसी र दलितहरु थुनिएको अपुष्ट तथ्याङ्क छ । त्यसैले न्यायप्रणाली पनि महत्वपूर्ण विषय रहेको छ ।

यो राष्ट्रिय आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघका केही पदाधिकारीहरुलाई सहभागि हुन अप्ठयारो हुनुको भित्रि कुरा मुख्य २ वटा रहेका छन् । पहिलो हो एमाले काँग्रेसको आदेश मान्ने र दोस्रो हो महासंघको कार्यकारी पदाधिकारीहरुमा थोरै जनसंख्या रहेको जातिय समुदायबाट प्रतिनिधित्व हुन । थोरै जनसख्या भएकाले एकल राज्यको विरुद्धमा स्वयं महासङ्घका नेतृत्वहरु हुन की भन्ने आशका हुनु हो । र, अर्को कारण जनजाति महासंघको नेतृत्वले निर्णायक आन्दोलन हाँक्न सक्दैन्न र सर्वमान्य पद्यरत्न तुलाधरको नेतृत्व भएको आन्दोलनमा सबैको आस्था रहनु ।

ठूलो सख्याको सहभागिताले आन्दोलनकारीहरुको मनोबल बढेको छ ।

रोचक पक्षः केही बर्ष अघिसम्म सेना र प्रहरी क्षेत्रमा ठूलो उपस्थिती र बर्चश्व राख्ने क्षेत्री जातिले आफ्नो विरासत गुमाए संगै नयाँ जनजातिमा रुपान्तरण हुदै गएका छन् । अहिले सेना र प्रहरीमा पनि बाहुन जाति लाइन लागि सकेका छन् । खसान प्रदेश हुदा क्षेत्रीहरुको पहिचानलाई पनि शासकहरुले स्वीकार्न चाहेका छैनन् ।

No comments:

Post a Comment